काठमाडौं २३ जेठ– कामचलाउ सरकारका प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसको दवावका कारण आफूले राजीनामा नगरेको स्पष्ट गरेका छन् ।
व्यबस्थापिका संसदको मंगलवार बसेको बैठकलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले वैशाख ३१ गते पहिलो चरणको चुनाव सम्पन्न भएपछि राजीनामा दिने निर्णयमा पुगेको बताएका हुन् ।
‘मैले स्थानीय तहको दुवै चरणको चुनाव गरेर छाडनु भनेको भए कांग्रेसले नदिने कारण थिएन’ प्रचण्डले भने, ‘चैत्र मसान्तमा सरकारको नेतृत्व फेर्ने समझारी अनुसार चुनाव गरेपछि आफै छाडेको हुँ ।’
केपी ओली नेतृत्वको सरकारले बजेट ल्याए लगत्तै सरकारको नेतृत्व फेर्ने सहमति भए पनि एमालेले समझदारी एमालेले पूरा नगरेका कारण कांग्रेससँग सहमति गरेर सरकार बनाएको स्मरण गरे ।