०२ असार २०८३, मंगलबार

डीआईजी सहकुल थापा एआईजीमा बढुवा सिफारिस

असार १५, २०७८
डीआईजी सहकुल थापा एआईजीमा बढुवा सिफारिस
फाइल तस्वीर

 गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुल थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्न सिफारिस गरेको छ ।

गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले सोमबार डीआईजी थापालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । सिफारिसबारे थप निर्णय मन्त्रिपरिषद् बैठकले गर्नेछ ।

केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीतर्फ एक जना एआईजीको दरबन्दी थप गरेको थियो ।

एआईजीमा सिफारिसमा परेका थापाको नाम मन्त्रिपरिषद्ले स्वीकृत गरेमा थापा नेपाल प्रहरीको एआईजी बन्नेछन् । उनी एआईजी भए भने आगामी प्रहरी नेतृत्वका लागि उनीसमेत दाबेदार बन्नेछन् ।

यसअघि गत वर्षको २७ कात्तिकको मन्त्रिपरिषद् बैठकले विश्वराज पोखरेललाई एआईजी बनाएको थियो । त्यसयता उनी आगामी प्रहरी नेतृत्वका लागि एक्ला दाबेदार रहेका थिए ।

अब भने एआईजी पोखरेल र थापाबीच आगामी प्रहरी नेतृत्वका लागि प्रतिस्पर्धा हुने पक्का भएको छ । नेपाल प्रहरीका हालका प्रमुख आईजीपी शैलेश थापा क्षत्रीले १९ वैशाख २०७९ मा अवकाश पाउनेछन् । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्