२८ जेठ २०८३, बिहीबार

कतारमा नेपालीको अवस्था के छ ? सरकारले माग्यो सूचना

कात्तिक २०, २०७४
कतारमा नेपालीको अवस्था के छ ? सरकारले माग्यो सूचना

काठमाडौं, २३ जेठ
–सोमवार छिमेकी साउदी अरबसहित सात मुलुकले कतारसँगको कुटनीतिक सम्बन्ध तोडेको घोषणा गरेपछि विकसित घटनाक्रमसँगै उक्त मुलुकमा लाखौंको संख्यामा कार्यरत् नेपाली कामदारको अवस्थाका बारेमा नजिकबाट नियालीरहेको सरकारले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले कतारमा रहेका नेपाली कामदारको अवस्था सामान्य रहेको बताए । ‘हामी कतारस्थित हाम्रा कुटनीतिक नियोगसँग निकट सम्पर्कमा छौं,’ प्रवक्ता पौडेलले लोकान्तरसँग भने, ‘विकसित घटनाक्रमले हाम्रा मान्छेलाई प्रभाव पर्छ कि पर्दैन भनेर स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार गर्न पनि त्यहाँस्थित नेपाली दूतावासलाई भनेका छौं ।’

श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले कतार सरकारले त्यहाँ कार्यरत् नेपाली कामदारमाथि कुनै असर नपर्ने जानकारी गराएको बताए । ‘कतार सरकारले विज्ञप्ती नै जारी गरेर त्यहाँ रहेका विदेशी कामदारलाई ढुक्क रहन र उनिहरूलाई पछिल्ला घटनाक्रमले कुनै असर नपार्ने जानकारी गराएको छ,’ उनले भने ।
कतारमा रहेको नेपाली दूतावासलाई त्यहाँ कार्यरत् नेपाली कामदारको बारेमा अध्ययन गरेर सूचना उपलब्ध गराउन आग्रह गरिएको श्रम तथा रोजगार मन्त्रालयले बताएको छ । ‘प्राप्त सूचनाका आधारमा मन्त्रालयले आफ्ना रणनीति तयार गर्छ,’ मन्त्रालयका प्रवक्ता भुर्तेलले भने ।

सोमवार विभिन्न सात मुलुकले आतंकवादलाई प्रश्रय दिएको भन्दै कतारसँगको कुटनीतिक सम्बन्ध तोडेको घोषणा गरेका थिए । उक्त घोषणासँगै ती मुलुकले कतारसँगको आर्थिक बन्देजसमेतका कदम चलाइरहेका छन् ।

यो पनि पढौं:
कतार तनावले नेपालबाट हुने हवाइ उडानमा कुनै प्रभाव नपर्ने
छिमेकीबाट एक्लिएपछि सकसमा कतार : लाखौं नेपाली कामदारको भविष्य के होला ?

salt training

कमेन्ट गर्नुहोस्