३१ जेठ २०८३, आइतबार

चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीको भव्य समारोहको व्यापक तयारी गरिँदै

असार १५, २०७८
चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीको भव्य समारोहको व्यापक तयारी गरिँदै

चीनका राष्ट्रपति सी चिनफिङले चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीको भव्य समारोह मनाउने तयारी आरम्भ गरेका छन् । 

देशले कोभिडलाई हराएको उपलब्धिलाई चीनले निकै जोडतोडका साथ उठाउन खोजिरहेको छ । 

सर्वसाधारणलाई प्रवेश नदिइएको तथा कडा सुरक्षा व्यवस्था मिलाइएको स्थानमा तयारी समारोह गरिएको हो । त्यसको प्रत्यक्ष प्रसारण समेत गरिएको छ । 

बिहीवार अर्थात् जुलाई १ मा शतवार्षिकी समारोह परेको छ । कम्युनिस्ट पार्टीले युद्धबाट जर्जर बनेको मुलुकलाई विश्वको महाशक्ति बनाएको हो । 

तयारी समारोहमा कठोर अनुशासनसहितको नृत्य प्रदर्शन गरिएको छ । कम्युनिस्ट इतिहासलाई नृत्यमार्फत देखाइएको हो । माओदेखि सीसम्मका महत्त्वपूर्ण नेताहरूलाई ठूलो स्क्रीनमा देखाइएको छ । अनि १०० वटा ट्रम्पेट तथा अन्तरिक्षमा रहेका चिनियाँ अन्तरिक्षयात्रीको शुभकामना सन्देश पनि प्रसारण गरिएको थियो । 

तर चीनका समस्याग्रस्त समय जस्तै सुक्खा र भोकमरी, सांस्कृतिक क्रान्तिका बेला मच्चाइएका विध्वंस तथा तियानानमेन स्क्वेयर घटनाको उल्लेखै गरिएको छैन । 

प्रस्तुति दिनेहरूले हावामा मुड्की हान्ने, नाच्ने र पार्टीका कामको नाटकीय व्याख्यान गर्ने काम गरे । सन् १९२१ मा शांघाईको एक घरमा पार्टी गठन भएदेखि माओको लङ मार्चसम्मका घटनाक्रम त्यसबेलामा देखाइएको थियो । 

चीनले कोभिड १९ लाई परास्त गरेको विषयलाई विशेष रूपमा प्रस्तुत गरिएको थियो । प्रस्तुति दिनेहरूले पीपीई लगाएका थिए र सैनिकहरूले मास्क लगाएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्