१३ असार २०८३, शनिबार

अमेरिकी राष्ट्रपति बाइडेन र इजरायली राष्ट्रपतिबीच फोनवार्ता

असार १५, २०७८
अमेरिकी राष्ट्रपति बाइडेन र इजरायली राष्ट्रपतिबीच फोनवार्ता

अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली राष्ट्रपति रेभन रिभलिनबीच भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले सोमबार ह्वाइट हाउसमा इजरायली राष्ट्रपति रिभलिनसँग वार्ता गरेका हुन् । 

उनीहरूबीच अमेरिका र इजरायलबीचको द्विपक्षीय हितका साथै अन्य कूटनीतिक विषयहरूमा कुराकानी भएको बताइएको छ ।

हाल इजरायलका राष्ट्रपति रिभलिन अमेरिकाको भ्रमणमा छन् ।  

सो भेटका क्रममा उनीहरूबीचमा इरानका विषयमा पनि कुरा भएको थियो । इरानले कुनै पनि हालतमा आणविक हतियार नपाउने विषयमा अमेरिकी राष्ट्रपति बाइडेनले इजरायली राष्ट्रपतिलाई सुनिश्चित गराएका थिए । 

भेटका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटलाई छिट्टै नै अमेरिका भ्रमणका लागि आमन्त्रण गर्ने जानकारी पनि दिएका थिए । त्यसक्रममा उनले यस क्षेत्रमा इजरायलको अरू देशहरूसँगको सम्बन्धलाई सामान्य बनाउने विषयमा पनि कुराकानी गरेका थिए । अमेरिकाले सो कार्यका लागि इजरायललाई सहयोग गर्ने पनि बताएका थिए । 

उनको आगामी महिना राष्ट्रपति पदको कार्यकाल सकिन लागेको छ । त्यसअगावै उनी अहिले अमेरिकाको भ्रमणमा रहेका छन् । 

इजरायलमा राष्ट्रपतिको पद आलंकारिक रहन्छ। त्यहाँ राष्ट्रपतिको कार्यकारी अधिकार थोरै मात्र रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्