
१ नम्बर प्रदेश सभाको आठौं तथा बजेट अधिवेशनको १५औं बैठक मंगलवार पनि स्थगित भएको छ ।
निर्धारित समयभन्दा १५ मिनेट ढिलो गरी शुरू भएको बैठकमा प्रतिपक्ष नेकपा माओवादी केन्द्र समर्थक सांसदले उभिएर विरोध जनाउँदा सभामुख प्रदीपकुमार भण्डारीले पटक–पटक आसन ग्रहण गर्न आग्रह गर्दा पनि नमानेपछि प्रदेशसभाको अर्को बैठक असार २० गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको सभामुख भण्डारीले जानकारी दिए ।
मंगलवारको बैठकमा प्रदेशसभा नियमावली २०७४ को नियम ११८(७) बमोजिम आर्थिक वर्ष २०७८/७९ को विनियोजन विधेयक २०७८ मा निर्दिष्ट गरी राखिएको सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित शीर्षक माथि छलफल हुने कार्यसूची रहेको थियो ।