३१ असार २०८३, बुधबार

सरकारीस्तरका बैकहरुमध्येबाट क्रेडिट कार्ड जारी गर्नेमा पहिलो बन्यो कृषि विकास बैंक

सरकारीस्तरका बैकहरुमध्येबाट क्रेडिट कार्ड जारी गर्नेमा पहिलो बन्यो कृषि विकास बैंक

कृषि विकास बैक लिमिटेडले क्रेडिट कार्ड शुरू गरेको छ ।

गत बैशाख महिनाबाट नै क्रेडिट कार्ड व्यवसायको शुरुवात गरिसकेको बैंकले जनाएको हो । हालसम्म यस बैकले ७८ वटा कार्डहरु जारी गरिसकेको छ ।  

नेपालका सरकारीस्तरका बैकहरुमा यो सेवा प्रदान गर्ने पहिलो बैक भएको छ ।

कार्यालयको कार्यक्षेत्र भित्र बसोवास गरी दिगो आयश्रोत भएका विश्वासिला नेपाली नागरिकहरु, यस बैकका पूर्व कर्मचारीहरु तथा बैकका कर्मचारीहरुले यो सुविधा प्राप्त गर्न सक्नेछन् ।

यस बैककले जारी गरेको क्रेडिट कार्डको सिमा न्यूनतम रु २५,००० देखि अधिकतम रु १०,००,००० सम्म कायम गरिएको बैंकले जनाएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्