०३ असार २०८३, बुधबार

म्याद गुज्रिएका सामग्री फेला गरेपछि ४ दुग्ध उद्योगमाथि कारबाही

असार १५, २०७८
म्याद गुज्रिएका सामग्री फेला गरेपछि ४ दुग्ध उद्योगमाथि कारबाही
प्रतिकात्मक तस्वीर

धादिङ जिल्लाका ४ दुग्ध उद्योगमा अनुगमन गरी कारवाही गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय र घरेलु कार्यालयले संयुक्त रूपमा मंगलवार विभिन्न ४ दुग्ध उद्योगको अनुगमन गरी कारबाही गर्दा ४५ हजार रुपैयाँ राजस्व संकलन समेत भएको छ । 

अनुगमन टोलीले पशुपति दुग्ध उद्योगलाई १० हजार,  एनके दुग्ध उद्योगलाई १५ हजार, महांकाल दुग्ध उद्योगलाई १० हजार र खनाल दुग्ध उद्योगलाई १५ हजार जरिवाना गराइएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार ती उद्योगका उत्पादनस्थलमा म्याद गुज्रिएका सामग्री फेला परेको, उत्पादन तथा प्रशोधन स्थल फोहोर भएको, कामदारले कोभिड–१९ संक्रमणको स्वास्थ्य तथा सुरक्षा मापदण्ड पूरा नगरेको र उद्योग सञ्चालन भएको लामो समयसम्म पनि अनुमतिपत्र नलिएको भेटिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्