०४ असार २०८३, बिहीबार

बालिका अपहरणका आरोपी जेल चलान

असार १६, २०७८
बालिका अपहरणका आरोपी जेल चलान
प्रतिकात्मक तस्वीर

बालिकालाई अपहरण गरेको घटनाका आरोपीलाई अदालतले मंगलवार कारागार चलान गरेको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश ईश्वरमणि ओझाको इजलासले सप्तरीको राजविराज–२ घर भई सुनसरीको भण्टाबारीमा बस्ने ३५ वर्षीय नवीन देवलाई पुर्पक्षका लागि राजविराज कारागार चलान गरेको हो ।

अपहरणको खबरलगत्तै सक्रिय बनेको सप्तरी प्रहरीले १५ मिनेटमै आरोपीलाई पक्राउ गरी अपहरित बालिकाको सकुशल उद्धार गरेको थियो ।

राजविराजबाट अपहरित १४ वर्षीया बालिकालाई रुपनी पुर्‍याउनुअगावै इलाका प्रहरी कार्यालय रुपनीले आरोपीलाई पक्राउ गरी बालिकालाई सकुशल उद्धार गरेको थियो ।

राजविराजस्थित घरबाट आरोपीले जेठ २० गते ललाइफकाई बुवाको साथी भनी झुक्याएर छलकपट गरी मोटरसाइकलमा लिएर गएको पीडितले बयान दिएकी छन् ।

राजविराजबाट ९ किलोमिटर उत्तर रुपनी नजिक पुगेपछि प्रहरीले आरोपीलाई पक्राउ गरेपछि मात्रै बालिकाले अपरहणमा परेको जानकारी पाएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्