०४ साउन २०८३, सोमबार

घरबेटी सरस्वती प्रधानद्वारा रूपा सुनारविरुद्ध मानवअधिकार आयोगमा उजुरी

घरबेटी सरस्वती प्रधानद्वारा रूपा सुनारविरुद्ध मानवअधिकार आयोगमा उजुरी

दलित भएकै कारण आफूलाई कोठा नदिएको भनी प्रहरीमा उजुरी गर्ने रूपा सुनारविरुद्ध घरबेटी सरस्वती प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएकी छन् ।

रूपाको उजुरीमा ३ दिन हिरासतमा बसेर रिहा भएकी प्रधानले आफूलाई षड्यन्त्रमूलक ढंगले फसाइएको दाबीसहित बुधवार आयोगमा उजुरी दिएकी हुन् ।

उनले रूपालाई सहयोग गर्ने अन्य दुई जनाविरुद्ध पनि आयोगमा उजुरी दिएकी छन् ।

आफ्नो अनुमतिविना फोन रेकर्ड गरेर व्यक्तिगत स्वतन्त्रतामा खलल पुर्‍याएको तथा आफ्नो मानहानी गरेको आरोप पनि उनको छ ।

salt training

कमेन्ट गर्नुहोस्