०२ असार २०८३, मंगलबार

झडपमा ४ प्रहरी घाइते

झडपमा ४ प्रहरी घाइते

उदयपुर जिल्लाको बेलका नगरपालिकास्थित नगरपालिकाको परिसर क्षेत्रमा आज बुधबार दिउँसो स्थानीय जनता र प्रहरीबीच झडप भएको छ ।

झडप हुँदा चार प्रहरी सामान्य घाइते भएका छन् भने प्रहरीले झडप नियन्त्रणको लागि छ राउण्ड हवाई फायर र बीस राउण्ड अश्रुग्यास प्रयोग गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार नगरपालिका क्षेत्रसहित नगरको वडा नम्बर ३ को झण्डै १२६ हेक्टर जग्गालाई हालै नेपाल सरकारले कबुलियत बन बनाउने निर्णय गरेर वन बनाउन प्रक्रिया शुरु हुँदा आज सो जग्गामा बसोवास गर्दै आएका जनता नगरपालिका घेर्न आएपछि प्रहरीसँग झडप भएको हो ।

सो सरकारी जग्गामा लामो समयदेखि बसोवास गर्दै आएका जनताले जग्गाको लालपूर्जा आफूहरुले पाउनुपर्ने भन्दै नगरपालिकाको कार्यालय घेराउ गरेपछि उनीहरुलाई हटाउने क्रममा झडप भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताए ।

salt training

कमेन्ट गर्नुहोस्