२४ असार २०८३, बुधबार

एनएमबि बैंकको व्यक्तिगत कर्जा उपयोग गर्ने लागी ‘एनएमबि सापटी २.०’ प्रदान गरिने

एनएमबि बैंकको व्यक्तिगत कर्जा उपयोग गर्ने लागी ‘एनएमबि सापटी २.०’  प्रदान गरिने

एनएमबि बैंकले एनएमबि सापटी २.०, एक आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालित कर्जा सेवा सुरू गरेको छ ।

जस अन्तर्गत कर्जा प्रवाहको लागि आवेदन देखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल रूपमै गर्न सकिने जनाएको छ ।

यो ‘नेपालमै पहिलो पटक’ २४ अ‍ै घण्टा र ७ अ‍ै दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा एनएमबि सापटीको निरन्तरता हो । यस सेवा बैंकसम्म नधाईकनै मोवाईलको प्रयोग बाट आवेदन दिएको ५ मिनेट भित्र नै प्राप्त गर्न सकिन्छ । 

एनएमबि सापटी वर्तमान परिवेशलाई ध्यानमा राख्दै व्यक्तिगत कर्जा उपयोग गरिरहेका ग्राहकहरुको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरुको परिपुर्तिको लागी प्रदान गरिने एक छोटो अवधिको धितो विनाको कर्जा हो ।

एनएमबिमा व्यक्तिगत कर्जा भएका ग्राहकमहानुभावहरुलाई २४ महिना सम्मको लचिलो अवधि सहित रु. २ लाख सम्म २४ अ‍ै घण्टा र ७ अ‍ै दिन कर्जा तुरुन्त उपलब्ध गराइने छ । ग्राहकहरुले आफ्नो कर्जा चुक्ता अवधि, कर्जा चुक्ता गर्ने प्रकार, कर्जा रकम आफ्नो सहजताको आधारमा छनौट गर्न सक्नेछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्