१३ असार २०८३, शनिबार

एपीएफ डीआईजीको बढुवा प्रकृया शुरू, को–को हुँदैछन् ?

एपीएफ डीआईजीको बढुवा प्रकृया शुरू, को–को हुँदैछन् ?
फाइल तस्वीर

सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रविण श्रेष्ठ अनिवार्य अवकाश पाएसँगै गृहमन्त्रालयले एपीएफको उच्चपदस्थ अधिकृतको प्रकृया अगाडि बढाएको छ । 

एपीएफमा अहिले ३ जना डीआईजीहरुको पद खाली छ । भने शसस्त्र प्रहरीका डीएसपी देखिडी डीआईजीसम्म ६ वटा पद रिक्त छन् । 

रिक्त रहेका तीन डीआइजीका लागि धौबजी, न्यौपाने र खड्कासँगै अन्य एसएसपीहरु भेषबहादुर शाह, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह र कृष्णराज पाठक पनि प्रतिस्पर्धामा छन् ।

तीन नायब महानिरीक्षक (डीआईजी)मा शसस्त्र प्रहरी वरिष्ठ उपरीक्षक ( एसएसपी)हरु कालिदास धौबजी, विदुर खड्का र कुमार न्यौपानेको बढुवा हुने सम्भावना प्रबल भएको एपीएफ प्रधान कार्यालय स्रोतले जनाएको छ । 

सशस्त्रमा डीएसपीदेखि डीआईजीसम्म एक सय ६ पद रिक्त छन् । उक्त पदमा बढुवाका लागि  बुधबार सशस्त्र प्रहरी मुख्यालयले डीआईजी पदमा बढुवाका लागि आवेदन दिन भन्दै सुचना जारी गरेको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्