०५ साउन २०८३, मंगलबार

भारतको युद्धविमानलाई आफ्नो भनी भिडियो देखाएपछि चीनको बेइज्जती

असार १७, २०७८
भारतको युद्धविमानलाई आफ्नो भनी भिडियो देखाएपछि चीनको बेइज्जती

चिनियाँ कम्युनिस्ट पार्टीले १०० वर्ष पूरा गरेको अवसरमा चीनको सरकारी टीभी च्यानल सीजीटीएनले बुधवार लज्जास्पद स्थितिको सामना गर्नुपरेको छ । 
 

सीजीटीएनले भारतको तेजस लडाकू विमानको भिडियो काटेर त्यसलाई आफ्नो फाइटर जेट जे–१० का रूपमा प्रस्तुत गरेको थियो । प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा त्यसको पोल खोलेपछि भिडियोलाई उसले ट्विटरबाट डिलिट गरेको थियो । 

टीभीले चिनियाँ वायुसेनाका पाइलट र युद्धविमानको शक्तिको प्रचारप्रसार गर्नका लागि प्रोपागान्डा भिडियो बनाएको थियो । त्यस भिडियोमा उसले लडाकू विमानबाट बम खसाएको देखायो । विमानका कतिपय फूटेजहरू पनि देखाइएको थियो । फूटेजमा जुन घातक बम खसाएको देखाइएको थियो, त्यो खासमा भारतको तेजस फाइटर जेट थियो । 
 

तेजसले बम खसाउने परीक्षण सन् २०१३ मा गरेको थियो । त्यसक्रममा तेजसले लेजर गाइडेड बम खसाएको र आकाशबाट आकाशमै क्षेप्यास्त्र प्रहार गरेको थियो । 
 

सीजीटीएनले यो फूटेज निकालेर आफ्नो जस्तो गरी प्रस्तुत गरेको खुलासा भएपछि ट्विट डिलिट गरिदियो । 

तर चिनियाँ टीभीको उक्त फूटेज यूट्युबमा उपलब्ध छ । मानिसहरूले चीन संसारभरिबाट डिजाइन चोरेर हतियार बनाउँछ, अब हुँदाहुँदा भिडियो फूटेज पनि चोर्न थाल्यो भनेर मजाक उडाइरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्