२८ जेठ २०८३, बिहीबार

प्रतिनिधिसभा विघटन मुद्दा : ओली पक्षमा डेढ घण्टा समय बाँकी, त्यसपछि जवाफी बहस

प्रतिनिधिसभा विघटन मुद्दा : ओली पक्षमा डेढ घण्टा समय बाँकी, त्यसपछि जवाफी बहस

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा दायर रिटमाथि संवैधानिक इजलासमा जारी सुनुवाइमा बिहीवार प्रधानमन्त्री केपी शर्मा ओली पक्षका ७ जना कानून व्यवसायीले बहस गरेका छन् ।

बिहीवार पूर्व महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता अग्निप्रसाद खरेल, वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो, अधिवक्ता परशुराम कोइराला, अधिवक्ता सुवास आचार्य, वरिष्ठ अधिवक्ता महेश नेपाल, वरिष्ठ अधिवक्ता टंक दुलाल, वरिष्ठ अधिवक्ता रविनारायण खनालले बहस गरेका छन् ।

ओली पक्षमा बहस गर्न अब डेढ घण्टा समय बाँकी रहेको जनाइएको छ । ओली पक्षको बहस सकिएपछि रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका कानून व्यवसायीले ३ घण्टा जवाफी बहस गर्न पाउने भएका छन् ।

जवाफी बहस सकिएपछि एमिकस क्युरीका ४ जना सदस्यले आधा–आधा घण्टा गरी २ घण्टा समय पाउने छन् ।

salt training

कमेन्ट गर्नुहोस्