१३ असार २०८३, शनिबार

डिस्प्लेबोर्ड स्थानीयको दवावपछि मंगलवार हटाइए

कात्तिक २०, २०७४
डिस्प्लेबोर्ड स्थानीयको दवावपछि मंगलवार हटाइए
काठमाडौं, २४ जेठ- बौद्धनाथ मन्दिरमा राखिएको डिस्प्लेबोर्ड स्थानीयको दवावपछि मंगलवार हटाइएको छ । गत वैशाख २७ गते बुद्धजयन्तीको दिन धार्मिक प्रवचनका लागि भनेर राखिएको बोर्ड झण्डै एक महिनासम्म पनि नहटाएपछि स्थानीयबासीले त्यसको विरोध गर्दै आएका थिए ।
विश्व सम्पदा सूचिमा सूचीकृत सम्पदालाई नै सामुन्नेबाट छेक्ने गरी २२ फिट लम्बाइको डिस्प्ले राखेर त्यसमा विभिन्न व्यावसायिक विज्ञापन गर्न थालेपछि काठमाडौंका संस्कृतिप्रेमीहरुले त्यसको विरोध गरेर बारम्बार पुरातत्व विभागको ध्यानाकर्षण गराउँदै आएका थिए ।
पुरातत्व विभागले एक दिनका लागि मात्र बौद्ध तथा ग्यामो मेलम्ची गुठीलाई उक्त डिस्प्ले राख्न अनुमति दिएको विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए ।
सुरुमा एक दिनका लागि स्वीकृति मागे पनि डिस्प्ले जडान गरि सकेपछि थप एक महिनासम्म राखी पाउन गुठीले पुरातत्व विभागमा निवेदन दिए पनि विभागले त्यसका लागि स्वीकृति नदिई त्यसलाई जतिसक्दो छिटो हटाउन बारम्बार पत्र काट्दै आएको प्रवक्ता कुँवरले बताए, गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्