०२ साउन २०८३, शनिबार
आन्तरिक विवाद

यथास्थितिमा एमाले केन्द्रीय समिति बैठकमा नजाने माधव समूहको निर्णय

यथास्थितिमा एमाले केन्द्रीय समिति बैठकमा नजाने माधव समूहको निर्णय

नेकपा एमाले माधव नेपाल समूहको स्थायी कमिटी बैठकले यथास्थितिमा बालुवाटार नजाने निर्णय गरेको छ । 

बिहीवार बसेको स्थायी कमिटी बैठकले शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठकमा यथास्थितिमा नजाने सर्वसम्मत निर्णय गरेको हो । 

बैठकले पार्टी एकताका लागि आह्वान समेत गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशन आयोजक कमिटी भंग गर्दै केन्द्रीय समिति ब्यूँताएका थिए, जसमा पूर्व माओवादीका २० जनालाई केन्द्रीय सदस्य बनाइएको छ। त्यसमा माधव समूहले आपत्ति जनाएको छ ।

सो समूहले प्याकेजमा सहमति गरिनुपर्ने बताउँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्