०७ साउन २०८३, बिहीबार

फेडेरर विम्बल्डनको तेस्रो चरणमा

असार १८, २०७८
फेडेरर विम्बल्डनको तेस्रो चरणमा

स्विस खेलाडी रोजर फेडेरर विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

लण्डनमा बिहीबार राति फ्रान्सका रिचार्ड गास्क्वेटलाई पराजित गर्दै फेडेरर तेस्रो चरणमा पुगेका हुन् ।

छैटौं वरीयताका फेडेररले गास्क्वेटमाथि ७-६(७-१), ६-१ र ६-४ को सेटमा जित निकाले ।

आठ पटकको च्याम्पियन फेडेररले पहिलो चरणमा फ्रान्सकै एड्रिन मन्नारिनोबाट वाकओभर पाएका थिए ।

अब ३९ वर्षीय फेडेररले इंग्ल्यान्डका क्यामरुन नोरीसँग खेल्ने छन् ।

२० पटकको ग्राण्डस्लाम विजेता फेडेररले पछिल्लो पटक २०१७ मा उपाधि जितेका थिए ।

पुरुषतर्फनै रुसका डेनील मेदभेदेब पनि तेस्रो चरणमा प्रवेश गरेका छन् ।

कमेन्ट गर्नुहोस्