१३ असार २०८३, शनिबार

बाढी पहिरोको असर : देशभर १८ वटा राष्ट्रिय राजमार्ग अवरुद्ध

बाढी पहिरोको असर : देशभर १८ वटा राष्ट्रिय राजमार्ग अवरुद्ध

अविरल वर्षासँगै आएको बाढी पहिरोले पृथ्वी राजमार्गसहित देशभरका विभिन्न १८ वटा राष्ट्रिय राजमार्गहरू अवरुद्ध भएका छन्।

सडक विभागले दिएको जानकारी अनुसार सिद्धार्थ राजमार्ग, साँफेबगर मार्तडी कोल्टी, डुम्रे–बेशीशहर, राप्ती राजमार्ग, कर्णाली, खोड्पे–चैनपुर, मध्यपहाडी राजमार्ग, र अरनिको राजमार्ग अवरुद्ध  छन् ।

यस्तै मदन भण्डारी राजमार्ग, स्याप्रुवेशी रसुवागढी र महेन्द्र राजमार्ग लगायतका मार्ग अवरुद्ध भएका छन्। 

पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ।

विभागका अनुसार कुल ९४ राष्ट्रिय राजमार्गमध्ये ५२ वटा एकतर्फी रुपमा संचालमा आएका छन् भने २७ वटा सडक दुई तर्फी रुपमा नै चलिरहेका छन्। 

salt training

कमेन्ट गर्नुहोस्