२३ जेठ २०८३, शनिबार
एमालेको बहुप्रतीक्षित बैठक

एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी हुन वामदेव गौतम बालुवाटारमा

एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी हुन वामदेव गौतम बालुवाटारमा
फाइल फोटो

एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी हुन उपाध्यक्ष वामदेव गौतम बालुवाटार पुगेका छन् ।

पछिल्लो समय पार्टी बैठकहरूमा सहभागी नभएका उपाध्यक्ष गौतम पार्टीलाई २०७५ जेठ २ को संरचनामा फर्काएपछि बैठकमा सहभागी हुन लागेका हुन् ।

गौतमले आफ्नै संयोजकत्वमा नेकपा एमाले एकता अभियान सञ्चालन गर्दै आएका छन् ।

गौतम बालुवाटार गएको पुष्टि उनको सचिवालयले पनि गरेको छ ।

'नेकपा (एमाले) का उपाध्यक्ष तथा एकता अभियान का संयोजक कमरेड वामदेव गौतम नेकपा (एमाले) को २०७५ जेठ ३ गते पूर्वको केन्द्रीय कमिटी बैठकमा भाग लिन बालुवाटार प्रस्थान गर्नुभएको छ,' उनको सचिवालयले फेसबूकमा लेखेको छ ।

बैठकमा माधवकुमार नेपाल-झलनाथ खनाल पक्ष भने सहभागी हुने/नहुने अझै अनिश्चित छ ।

salt training

कमेन्ट गर्नुहोस्