२२ जेठ २०८३, शुक्रबार
एमाले बैठक

केन्द्रीय कमिटी बैठकलाई ओलीको सम्बोधन– 'पार्टी र सरकारविरुद्धको स्याल हुइयाँ धेरै टिक्दैन'

केन्द्रीय कमिटी बैठकलाई ओलीको सम्बोधन– 'पार्टी र सरकारविरुद्धको स्याल हुइयाँ धेरै टिक्दैन'

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी र सरकारविरुद्ध विरोधीहरूले स्याल हुइयाँ मच्चाएको आरोप लगाएका छन् ।

उनले राम्रो काम गर्दागर्दै पनि पार्टी फुटाउन खोजिएका आरोप लगाए । 

एमाले केन्द्रीय कमिटीको १३ औं बैठकलाई शुक्रवार बालुवाटारमा सम्बोधन गर्दै ओलीले आफ्नो पार्टीको सरकार ढालेर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन भनेर अराजनीतिक क्रियाकलाप शुरू भएको बताए । 

‘पार्टी र सरकारका विरुद्ध स्याल हुइयाँ मच्चाइरहेका छन् । तर, स्याल हुइयाँ टिक्नेवाला छैन । फेरि पनि नेपालको राजनीति एमालेकै केन्द्रबिन्दु वरिपरि रहेर अघि बढ्छ,’ ओलीले भने ।

ओलीले आजको बैठकबाट केही महत्त्वपूर्ण निर्णय लिइने बताए । 

‘राम्रो काम गर्दागर्दै पनि केही तत्व पार्टी फुटाउन लागेका छन् । आज हामी केही जरुरी र महत्त्वका विषयमा निर्णय गर्नेछौं,’ ओलीले भने । 

केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतम लगायत नेताहरू सहभागी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्