२१ जेठ २०८३, बिहीबार

चीनले द्रुत गतिमा आणविक हतियार बनाएपछि अमेरिका चिन्तित

असार १८, २०७८
चीनले द्रुत गतिमा आणविक हतियार बनाएपछि अमेरिका चिन्तित

चीनले निकै द्रुत गतिमा आणविक हतियारहरू निर्माण गरेपछि अमेरिकाले चिन्ता व्यक्त गर्दै हतियार निर्माणको दौडले ल्याउने अस्थिरताका बारेमा बेइजिङलाई स्मरण गराएको छ । 

द वाशिङटन पोस्टले दिएको एक खबरअनुसार, चीनले पश्चिमी भागमा रहेको मरुभूमि क्षेत्रमा १०० वटा नयाँ मिसाइल सिलोहरूको निर्माण गरिरहेको छ । 

अमेरिकाको परराष्ट्र मन्त्रालयका प्रवक्ता नेड प्राइसले बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा यस विषयमा सोधिएको प्रश्नमा जवाफ दिएका छन् । 

‘यी समाचार तथा अन्य घटनाक्रमले चीनको आणविक हतियार कार्यक्रम तीव्र गतिमा बढिरहेको र पहिले सोचेको भन्दा उच्च स्तरमा रहेको देखिएको छ,’ उनले बताए । 

‘यसरी हतियार बढाउनु चिन्ताजनक छ । यसले चीनको उद्देश्य के हो भन्ने विषयमा प्रश्न उठाउँछ । अनि आणविक जोखिम घटाउनका लागि व्यावहारिक उपाय अपनाउनुपर्ने आवश्यकतालाई पनि यसले सुदृढ गर्छ,’ उनले बताए । 

‘हतियारको होडका कारण आउने अस्थिरताको जोखिमलाई घटाउने व्यावहारिक उपाय पहिल्याउन हामी बेइजिङलाई हामीसँग कुराकानी गर्नका लागि आह्वान गर्छौं,’ उनले भने । 

यही कारणले गर्दा राष्ट्रपति जो बाइडनले रणनीतिक स्थिरताका लागि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्तालाई प्राथमिकतामा राखेको प्राइसले बताए । यही कुरा चीनको हकमा पनि लागू हुने उनको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्