क्यानडाको मानितोबामा बेलायती महारानीहरू भिक्टोरिया र एलिजाबेथ द्वितीयाका मूर्तिहरू भत्काएर क्षतविक्षत गरिएको छ ।
आदिवासीहरूका सयौं चिहान फेला परेपछि उपनिवेशवादको प्रतीकका रूपमा रहेको बेलायती महारानीको मूर्ति भत्काइएको हो ।
प्रदर्शनकारीहरूले रानी भिक्टोरियाको मूर्तिमा रातो पेन्ट पोतेका थिए । असन त्यसमा यस्तो लेखेका थिए, ‘हामी पनि कुनै बेलामा बालबालिका थियौं । उनीहरूलाई घर फर्काऊ ।’
घटनाको भिडियो पनि सार्वजनिक भएको छ । विरोधकर्ताहरूले मूर्तिमा डोरीले बाँधेर लडाएको अनि लडाऊ लडाऊ भनी चिच्याएको सुनिन्छ ।
मूर्ति लडाएपछि भेला भएका मानिसहरूले खुशियाली मनाएका थिए ।
हराएका बालबालिकाको सम्मानका लागि विरोधकर्ताहरूले सुन्तला रंगको शर्ट लगाएका थिए । उनीहरू प्रत्येक बालबालिकाको जीवनको महत्त्व नामक जुलुसमा समेत भाग लिएका थिए ।
क्यानडामा जुलाई १ मा राष्ट्रिय दिवस मनाउने गरिन्छ र मानितोबा संसदमा गरिएको प्रदर्शन त्यसै अवसरमा भएको हो ।
आवासीय विद्यालयहरूमा फर्स्ट नेसन भनिने आदिवासी समुदायहरूका सयौं बालबालिकाका भौतिक अवशेषहरू फेला परेपछि कठोर प्रतिक्रियाहरू आइरहेका छन् ।
क्याथोलिक चर्चहरूले चलाएको विद्यालयमा बालबालिकाका शव भेटिएपछि विरोधकर्ताहरू चर्च बाहिर भेला भएर विरोध गरिरहेका छन् । कतिपय चर्चमा आगजनी समेत गरिएको छ ।
Protesters topple statues of The Queen and Queen Victoria over deaths of Indigenous children found in mass graves pic.twitter.com/zEhe7vMQtG
— The Sun (@TheSun) July 2, 2021