![खेम सेन्चुरी र कमला घिमिरेको तीज गीत ‘हान्छु तिम्लाई लौरीले’ [भिडियाेसहित]](https://lktcdn2.prixacdn.net/media/hanchhu_laurile_teej_song_HIUz8QxPjf.jpg)
बालगायिका कमला घिमिरे र गायक खेम सेन्चुरीको स्वरमा रहेको तीज गीत ‘हान्छु तिम्लाई लौरीले’ सार्वजनिक भएको छ।
गीतलाई शुभारम्भ डिजिटल म्युजिक नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतको शब्द संकलन नेत्र अर्याल र संगीत सेन्चुरीको छ । प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा सेन्चुरी, घिमिरे, सरस्वती फुयाँल, आयुषा गौतम, रवीना बसेल, विवेक इटनी र आयुष अधिकारीले अभिनय गरेका छन् ।
गत वर्षको सेन्चुरी र घिमिरेको स्वरमा रहेको गीत ‘लरिलरि लै, रुन्छु बरिलै’ ले पनि चर्चा कमाएको थियो ।
यस वर्षको तीज गीतलाई पनि रुचाउनेमा आफूहरू आशावादी रहेको शुभारम्भ डिजिटलका व्यवस्थापक शम्भु कुँवरले बताए ।