२८ जेठ २०८३, बिहीबार

भारत : सर्वोच्च अदालतको ढोकामा ताल्चा लगाएर राखिए कुचो, चोरिने डर

असार १८, २०७८
भारत : सर्वोच्च अदालतको ढोकामा ताल्चा लगाएर राखिए कुचो, चोरिने डर

भारतको राजधानी दिल्लीमा सर्वोच्च अदालतको मेन गेटमा कुचोहरूलाई ताल्चा लगाएर रेलिङमा बाँधिएको छ । 

उच्च सुरक्षा दिइएको स्थानमा यसरी कुचो बाँधेर राख्नुले दिल्लीमा कुचो चोरहरूको बिगबिगीको चित्र प्रस्तुत गरेको छ ।

सर्वोच्च अदालतमा समेत कुचो चोरी हुने गरेको छ । जसवन्ती नामक एक महिला सफाइकर्मीले कुचो चोरी भइरहने भएकाले बाँधेर राख्नुपरेको बताइन् । एउटा कुचोलाई १०० भारु पर्ने अनि त्यसमा लगाउने ताल्चालाई पनि त्यत्तिनै ​पर्ने उनको भनाइ छ । सित्तैमा पाएको कुरा लगिहाल्ने स्वभाव मानिसहरूमा देखिएकाले समस्या आएको उनले बताइन् । 

कुचो चोर कहिले पनि फेला नपरेको अर्की सफाइकर्मी रेनुले बताइन् । राति आएर कुचो चोर्ने भएकाले चोरलाई समात्न नसकिएको उनको भनाइ छ । दिउँसो चोर आए त समातेर ठटाइहाल्थ्यौं नि, उनले भनिन् ।
 

salt training

कमेन्ट गर्नुहोस्