×

NMB BANK
NIC ASIA

राजधानीको दुर्दशा

राज्यलाई गिज्याउने राजधानी– 'हिलोमाडौं' ! [भिडियो रिपोर्ट]

असार १८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

थापाथली चोकबाट परोपकार प्रसुती गृह तथा नर्भिक अस्पतालतर्फ जाने बाटो हो यो । सयौं बिरामी र तिनका कुरूवाहरू दिनदिनै आवतजात गर्ने सडकको अवस्था यस्तो भएको लामो समय बित्यो ।

Muktinath Bank

घाम लाग्दा धूलो र पानी पर्दा हिलोले हिँडिसाध्ये हुँदैन । को कतिबेला लड्ने हो, कतिबेला सवारी साधन चिप्लिएर दुर्घटना हुने हो अनि पैदल यात्रुलाई कतिबेला कुन सवारीले हिलो छ्यापेर कुद्ने हो पन्नो हुँदैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

६२ वर्षीया लक्ष्मी मगराती यहीँको सडक छेउमा मास्क, पञ्चा, चकलेट, बिस्कुट लगायतका खुद्रा सामान बेच्छिन् । धूलो र हिलोले उनी आफू मात्र प्रभावित भएकी छैनन्, गर्भवती र सुत्केरी चिप्लिएर लडेका र लड्नबाट धौ-धौले जोगिएका दृश्य कैयनपटक देखेकी छन् ।


Advertisment
Nabil box
Kumari

चिप्लिएर लड्न खोजेका थुप्रैलाई साथ दिएर जोगाएको बताउने उनी अस्पतालको अगाडि यस्तो विचल्ली हुँदा समेत राज्यको ध्यान नगएकोमा चिन्तित छिन् । कहिले ढल त कहिले खानेपानीले सडक भत्काएर समयमा मर्मत नगर्दा समस्या भएको उनको बुझाइ छ ।

Vianet communication
Laxmi Bank

अर्की स्थानीय व्यापारी संगीता साह पनि यहाँको हिलो र धूलोले आजित छिन् । उनले पसल खरिद गरेको ४ महिना भयो । ४ महिनाको अवधिमा नै धूलो र हिलो देखेर उनलाई वाक्क लागिसकेको छ । पसलमा राखेका सामानहरू पनि धुलाम्मे र हिलाम्मे हुन्छन् । प्रत्येक घण्टा सफा गरिराख्नुपर्ने अवस्था छ ।

पसलमा छिर्नेहरूले जुत्ताचप्पलमा ल्याउने हिलोले उनलाई आजित बनाएको रहेछ ।

थापाथली चोकबाट थोरैभित्र छिरेर केहीबेर उभिनुभयो भने तपाईंलाई त्यहाँ रोकिइराख्न मुस्किल पर्छ । लगाएका कपडाहरू छिनमै बिरूप बन्न पुग्छन् ।

सवारीहरू दुर्घटनाबाट बालबाल बचेका र पैदल यात्रुहरू चिप्लिएर लडेका दृष्यहरू पनि देख्न सकिन्छ । राजधानीको मुटुमा त यो अवस्था छ भने दूरदराजको हालत के होला ?

सडक खनिसकेपछि समयमै मर्मत गर्नेतर्फ राज्यको ध्यान कहिले जाला खै ?

हेर्नुहोस्, रिपोर्ट :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x