जर्मनीका मिडफिल्डर टोनी क्रुसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले संन्यास लिएको आधिकारिक घोषणा गरेका हुन्।
केही अघिसम्म यसलाई अफवाह मानिएको थियो। तर, क्रुस आफैंले संन्यास घोषणा गरेको पत्र सामाजिक सञ्जालमा शेयर गरेका छन्।
योसँगै युरोकप २०२० नै जर्मनीको जर्सीमा क्रुसको अन्तिम प्रतियोगिता बनेको छ। जर्मनीले इंग्ल्याण्डसँग २–० को हार बेहोरेर युरोकपबाट बाहिरिएको केही दिन नबित्दै उनले संन्यासको घोषणा गरेका हुन्।
अपेक्षा गरिएभन्दा छिटै ३१ वर्षको उमेरमा उनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन्। उनको करिअरमा जर्मनीले २०१४ को फिफा विश्वकपको उपाधि जितेको थियो।
उनी विश्वकै उत्कृष्ट मिडफिल्डरमध्येका एक हुन्।
— Toni Kroos (@ToniKroos) July 2, 2021