२१ जेठ २०८३, बिहीबार

नागरिक लगानी कोषको लगानी १ खर्ब ७२ अर्ब

असार १८, २०७८
नागरिक लगानी कोषको लगानी १ खर्ब ७२ अर्ब

नागरिक लगानी कोषले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म १ खर्ब ७२ अर्ब रुपैयाँ बराबरको रकम संकलन गरेको छ । 

सो अवधिसम्म १ खर्ब ७१ अर्ब ९७ करोड बराबरको लगानी गरेको छ ।

कोषको पूँजी वृद्धि हुनका साथै कारोबार समेत विस्तार भएको छ ।
 
कोषको शुक्रवार सम्पन्न २६औं वार्षिकोत्सव एवं साधारण सभाको अवसरमा विवरण सार्वजनिक गरिएको हो । साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को आम्दानीबाट प्रस्तावित ९ प्रतिशत लाभांश शेयर र ८ दशमलव ८९ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ । 

साधारण सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन समेत पारित गरेको छ । प्रतिवेदनसँगै लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहसम्बन्धी विवरण समेत पारित गरेको कोषले जनाएको छ । 

कोषको आर्थिक वर्ष २०७६/७७ को करपछिको खुद नाफा ६१ करोड ९६ लाख ७० हजार रुपैयाँ रहेको छ । खुद नाफामध्ये बाँडफाँड योग्य रकम ५५ करोड ३६ लाख ७२ हजार रुपैयाँ रहेको सो अवसरमा जानकारी दिइयो । 

कार्यक्रममा कार्यकारी निर्देशक रमण नेपालले कोषको वस्तुस्थितिबारे जानकारी दिँदै थप विस्तारितरूपमा अगाडि बढ्ने उल्लेख गरे । कोषको कारोबार विस्तार गर्दै स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउने उद्देश्यले नागरिक पेन्सन योजना कार्यक्रम शुरू भइसकेको कार्यकारी निर्देशक नेपालको भनाइ छ । 

मुलुकको पुँजीबजारको विकास, विस्तार र स्थायित्व प्रदान गर्ने उद्देश्यले कोषको अग्रसरतामा नागरिक स्टक डिलर कम्पनी स्थापना गरी कारोबार शुरू भएको छ ।  

कोषले एनएलके वेभ बेस्ड सफ्टवेयर पूर्णरूपमा लागू गरेको छ भने सरकारको सरकारी लेखा प्रणाली (सिगास) सफ्टवेयरमा डाटा आदानप्रदान गर्ने कार्य सम्पन्न भएको छ । नयाँ सफ्टवेयरको प्रयोगका लागि आवश्यक उपकरण खरिद गरी कोषको प्रणालीमा जडान गरिसकिएको छ ।

कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र भट्टराईले सेवा विस्तार गर्दै कोषलाई भरपर्दो संस्थाका रूपमा अगाडि बढाइएको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्