२१ जेठ २०८३, बिहीबार

नेविसङ्घले लेखेको अभद्र नारा कामपाले मेट्यो

नेविसङ्घले लेखेको अभद्र नारा कामपाले मेट्यो

भित्ते लेखन  काठमाडौँ महानगरपालिकाको नीति विपरीत रहेको भन्दै रत्नपार्कको आकाशे पुलको पर्खालमा लेखिएको अभद्र नारा मेटिएको छ । कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले लेखेको अभद्र नारा कामपाले आज मेटेको हो । “विसं ‘२०५८ देखि हामीले कामपा क्षेत्रभित्र भित्ते लेखन, पोष्टर–पम्प्लेट टाँस्ने कार्यलाई प्रतिबन्ध लगाएका छौँ”, कामपाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले भने । 
 
कोभिड–१९ महामारीको अग्रपङ्क्तिमा खटिएकाहरुको सम्मानमा बनाइएको चित्र बिहीबार कामपाले मेटिदिएको विरोधमा नेविसङ्घले कामपाको प्रमुखको नाममा त्यही भित्तामा अभद्र नारा लेखेर विरोध गरेका थिए । “विसं २०७० मा आएर हामीले ‘होर्डिङ बोर्ड फ्रि काठमाडौँ’ घोषणा गरेका थियौँ”, सापकाटोले भने, ‘त्यसैअनुरुप हामीले शहरी सौन्दर्यलाई प्रतिकूल असर गर्ने कार्यलाई प्रतिबन्ध गर्दै आएका छौँ ।” महामारीको अग्रपङ्क्तिमा खटिएकाहरुप्रति सम्मान रहेको भन्दै प्रतिबन्धित स्थानमा त्यस्तो गर्नु उचित नभएको कामपाको ठहर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्