गण्डकी प्रदेश सामाजिक विकासमन्त्रालयले प्रदेशमा ‘एक व्यक्ति दुई खोप’ अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि मन्त्रालयले कोरोना विरुद्धका खोप खरिदका लागि सङ्घीय सरकारसँग समन्वय गर्ने जनाएको छ ।
सामाजिक विकास मन्त्री कुमार खड्काले जिल्ला समन्वय समिति कास्कीद्धारा आज आयोजित कार्यपालिका पदाधिकारीको क्षमता अभिबृद्धिका लागि अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले एक व्यक्ति दुई खोप अभियान सञ्चालन गर्ने जानकारी दिए।
जनताको प्रत्यक्ष सेवामा खटिने जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने र सङ्घ र स्थानीय सरकारका बीच प्रदेश सरकारले समन्वयकारी भूमिका निर्वाह गर्दे आएको उनकोे भनाई छ ।