२६ जेठ २०८३, मंगलबार

आफ्नै कीर्तिमान तोड्दै इटाली युरोकपको सेमिफाइनलमा, बेल्जियम बाहिरियो

असार १९, २०७८
आफ्नै कीर्तिमान तोड्दै इटाली युरोकपको सेमिफाइनलमा, बेल्जियम बाहिरियो

फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई हराउँदै इटाली १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्दै इटालीले अन्तिम चारको यात्रा तय गरेको हो  ।

यस जितसँगै इटालीले ३२ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ ।

इटालीले अघिल्लो खेलमा  ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको थियो । यस अघि इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो ।  

अब इटालीले सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगिसकेको छ ।

'गोल्डेन जेनेरेसन' टिम बेल्जियम भने क्वाटरफाइनलबाट बाहिरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्