२१ जेठ २०८३, बिहीबार

कपिलवस्तुमा स्कारपियो दुर्घटना हुँदा एकको मृत्यु

कपिलवस्तुमा स्कारपियो दुर्घटना हुँदा एकको मृत्यु

कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित चप्परगाउँमा  स्कारपियो दुर्घटनाका हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका निवासी विक्रम खनाल रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । वाणगंगा ८ चप्परगाउँमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको बा १६ च ८०९८ नम्बरको स्कापियो दुर्घटना भएको  प्रहरीले जनाएको छ ।

प्रहरी अनुसार स्कारपियोमा चार जना सवार रहेका इलाका प्रहरी कार्यालय पिपराका इन्सपेक्टर दिनेश गुरुङले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्