०१ साउन २०८३, शुक्रबार

आमिर र किरणले लगाए १५ वर्षको सम्बन्धमा ‘ब्रेक’

असार १९, २०७८
आमिर र किरणले लगाए १५ वर्षको सम्बन्धमा ‘ब्रेक’

बलिउड अभिनेता आमिर खान र उनकी दोस्री पत्नी किरण राव अलग भएका छन्। 

उनीहरू दुवैले संयुक्त विज्ञप्ति जारी गरी १५ वर्षको विवाह अन्त्य भएको घोषणा गरेका हुन्। 

‘यो १५ वर्षमा हामीले एकअर्काका साथमा एकदमै राम्रो पल बितायौँ। हाम्रो सम्बन्धमा भरोसा, सम्मान र प्रेम थियो। अब हामी आफ्नो जीवनको नयाँ अध्याय सुरु गर्न गइरहेका छौं–पतिपत्नीका रुपमा होइन, आमाबुबा र परिवारका रुपमा,’ विज्ञप्तिमा भनिएको छ, ‘छोरा आजादका लागि हामी समर्पित आमाबुबा नै रहनेछौँ, जसलाई हामी मिलेर हुर्काउने छौं।’

आफूहरू चलचित्र, पानी फाउण्डेसन र अरु प्रोजेक्टमा पनि सँगै काम गर्ने बताएका छन्। उनीहरूले यो पनि भनेका छन् सम्बन्धविच्छेद अन्त्य होइन बरु एउटा नयाँ यात्राको सुरुआत हो। 

आमिर र किरणले २००५ डिसेम्बर २८ मा विवाह गरेका थिए। उनीहरूबाट १० वर्षीय छोरा आजाद छन्। 

आमिरको पहिलो विवाह १९८६ अप्रिल १८ मा रीना दत्तसँग भएको थियो। २००२ मा आमिर र रीनाबीच सम्बन्धविच्छेद भएको थियो। उनीहरूको दुईवटा सन्तान जुनैद र आइरा छन्। 

salt training

कमेन्ट गर्नुहोस्