२७ जेठ २०८३, बुधबार

सुनसरी जलमग्न, कोशीमा पानी बढ्यो

सुनसरी जलमग्न, कोशीमा पानी बढ्यो
फाइल तस्वीर

निरन्तरको वर्षाका कारण सुनसरीका अधिकांश क्षेत्र जलमग्न बनेको छ ।

पानीको निकास अभाव र खोलामा बढेको पानीका कारण टोल, वस्तीहरु डुबानमा देखिएका छन् ।इटहरी क्षेत्रमा टेङ्ग्रा र बुढी खोलामा आएको बाढीले किनार र आसपासका वडाहरु डुबानमा परेका छन् ।

त्यसैगरी धरानमा सेउती र अधेरी खोला आसपासको क्षेत्रमा डुबानको समस्या देखिएको सुनसरी प्रहरीले जनाएको छ ।

वर्षा सँगै खोलाहरुमा जलस्तर बढेको छ । सुनसरी, बुढी, गडन लगायतका खोलामा जलस्तर बढ्दा आसपास किनारका वस्ती जोखिममा परेका छन् । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार अहिले सम्म डुबान तथा बाढी पसेका २ सय घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

यता सप्तकोशी नदीमा पानीको वहाव यस वर्षकै उच्च मापन भएको छ ।  कोशी नदीमा अहिले  २ लाख क्यूसेक भन्दा बढि पानी बगिरहेको छ । सुनसरी प्रशासनले जनाए अनुसार यतिबेला सप्तकोशी नदीमा पानीको वहाव २ लाख २१ हजार ४ सय ७५ क्यूसेक प्रतिसेकेण्ड पुगेको छ ।

नदीको जलस्तर बढेसँगै कोशी ब्यारेजका २९ वटा ढोका खोलिएका छन् । नदीमा वहाव बढेसँगै ब्यारेज पुलमा रातो बत्ति समेत बालिएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बहाव बढेपनि खतरा भने नरहेको बताएका छन् । उनले तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन भनिएको बताउँदै सम्भावित डुबान र बाढीलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई सतर्क रहन भनिएको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्