×

NMB BANK
NIC ASIA

यातायात श्रमिक

‘गुरुहरूका गुरु’ सन्तोष गुरुङलाई बुढेसकालको चिन्ता

असार १९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवलका पुराना गाडी चालक सन्तोष गुरूङले गाडी हाँक्न थालेको ४ दशक हुनै लाग्यो । पश्चिम क्षेत्रका पुराना चालकमध्येका एक हुन् सन्तोष ।

Sagarmatha Cement
Muktinath Bank

उनलाई गुरुहरूका (चालकहरू) गुरु पनि भनिन्छ यस क्षेत्रमा । सन्तोष अहिले ५५ वर्षमा टेके । उमेरले ६ दशकतिर लम्किँदै गर्दा पनि उनले गाडीको ‘स्टेरिङ’ (लगाम) निरन्तर घुमाइरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सयौं यात्रुको जीवन एउटै चालकको हातमा हुन्छ । यो जिम्मेवारी पक्कै सामान्य होइन । महामारीले विगत एक/डेढ वर्षदेखि उनको दिनचर्या फेरिए पनि गाडी हाँक्नै कार्य रोकिने छैन । किनकि सन्तोषले गाडीको ‘स्टेरिङ’ घुमाउन छाडे, उनको गुजारा चल्दैन । 


Advertisment
Nabil box
Kumari

उनले गाडी ड्राइभिङ यात्रा ३९ वर्ष अगाडिबाट शुरू गरेका हुन् । विक्रम संवत् २०२३ जन्मिएका गुरूङ २०३९ सालतिर भारतीय सेनामा भर्ती हुन भनेर पर्वतको बिहादीबाट बुटवलसम्म झरे । बुटवलबाट पहिलो पटक गाडी चढेर सुनौली हुँदै भारतको कोलकत्ता पुगे । सेनामा छनोट हुने प्रक्रियामा सामेल भए । तर भर्ती भएर जाँगिर खाने उनको सपना पूरा भएन ।

Vianet communication
Laxmi Bank

भर्ती हुन नसके पनि उनलाई जीवनमा केही त गर्नु थियो । त्यहाँ चल्ने ठूला–ठूला बस, ट्रान्सपोर्टका गाडी तीब्रगतिमा हुइँकिएको देख्दा उनले मनमनै प्रश्न उठाउँथे, म पनि चालक बन्न पाए !

सन्तोष उमेरले युवक थिए, उनले चालक बनेर गाडी चलाउने सोचलाई योजनामा रूपान्तरित गरे । कलकत्तामै ‘ड्राइभिङ’ सिके । 

त्यसको १ वर्षमा उनले एउटा कम्पनीको गाडीको साँचो समाएर कोलकत्ता आन्ध्र प्रदेश, उडिसादेखि चेन्नाईसम्म ट्रान्सपोर्टका गाडी चलाउन शुरू गरे । त्यो बेला भारतमा कामको खोजीमा भारत जाने नेपालीहरू धेरै नै रहे पनि चालक भने बनेका थिएनन् ।

भारतमा ५ वर्ष गाडी चलाएर दक्ष चालक बनेका गुरूङ घर आउँदा नेपालमा जनआन्दोलन चलिरहेको थियो । 

उनको परिवार बसाइँसराइँ गरी बुटवल झर्‍यो । नेपालमा सडक यातायात बढ्दै थिए । सडक संरचना थपिँदै गए । उनले अब भारतभन्दा नेपालमै गाडी चलाउने सोच बनाए । त्यसपछि तराई, पहाड, हिमाल जताजतै उनले ट्रक चलाए ।

उनी देशका ६० भन्दा बढी जिल्लामा आफैंले गाडी चलाएर पुगेका छन् । अहिले उनले भैरहवा–काठमाडौं रूटमा चल्ने स्तरीय अर्जुनरथ गाडी चलाउँछन् ।

उनी भन्छन्, ‘चालकको जिन्दगी सधै तल्लो स्तरको भयो । कमजोरी जोसुकैको होस्, दोष जति चालकको थाप्लोमा हालिन्छ ।’ यो उनले यात्राका क्रममा आफ्नै आँखाले देखेर संगालेको चित्र हो । 

३९ वर्षको ‘डाइभिङ’ यात्रामा उनले अहिलेसम्म कुनै सानो दुर्घटना गराएका छैनन् । कमिला तथा गाडी भित्रबाट देखिँदैन । सडकमा देखिने छेपारो पनि उनको गाडीले छोएको छैन । गाडी चालकको जीवन कर्कलाको पानी जस्तै हो । आँखा १ सेकेन्ड झिमक्क भयो भने सबै खत्तम हुने उनले बुझेका छन् । 

गाडी दुर्घटना, सडकको अवस्था, प्यासेन्जर (यात्रु), गाडीको गडबडी भए पनि चालककै लापरवाहीकै कारणले दुर्घटना भयो भनेर भन्दा उनलाई पनि दुःख लाग्छ । 

गाडी चालकले मदिरा सेवन गरेर कहिल्यै गाडी चलाउन नहुने उनको सुझाव छ । ‘मैले गाडी चलाउँदा कहिल्यै पनि मदिरा सेवन गर्दिनँ,’ सन्तोष भन्छन् ।

उनले साहुँको गाडी सामान्य अवस्थामा महिनामा २० दिन चलाउँछन्, १० दिन घरै बस्छन् । एक पटकमा भैरहवाबाट काठमाडौं पुगेर बुटवल आउँदा ४ हजार भत्ता बुझ्छन् । त्यही हो, उनको कमाइ ।

पछिल्लो समय युवा पुस्ता चालक पेशाप्रति आकर्षित भए पनि अप्ठ्यारो परिस्थितिमा बल्ल प्राइभेट क्षेत्रको जागिर कति जोखिमपूर्ण हुने रहेको भन्ने हेक्का हुन थालेको उनले बताए । 

‘अझै पनि नेपाली समाजमा कामको स्तर छुट्याउने चलन छ । चालकलाई हेर्ने दृष्टिकोण परिर्वतन भएको छैन,’ सन्तोष भन्छन्, ‘चालकले कहिल्यै पनि जानीजानी दुर्घटना गराउँदैन । सडक वा प्राविधिक कारणले दुर्घटना भयो भने प्रहरी, यात्रु र स्थानीयको कुटाइदेखि जेलमा समेत चालकलाई नै पुर्‍याइन्छ । दुर्घटनाको कारण नखोजी चालकलाई सिधै दोषी ठहराइनु गलत हो ।’

नेपालमा सडक दुर्घटनाको प्रमुख कारण राज्यले नखोजी सिधै चालकलाई मात्र दोष दिने गरिएको उनको बुझाइ छ । ‘अहिलेसम्म भएको छैन । नहोस् पनि । दुर्घटना सधै चालकको लापरवाहीले हुँदैन । सडकमा बाइकवालाले बढी लापरवाही गर्छन् । दोषी ठूलो गाडी हुन्छ,’ उनले भने, ‘गाडीको यात्रा अनिश्चित हुन्छ । कहाँ के हुन्छ ? भन्न सकिँदैन । गाडीमा बसेका यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्‍याउने जिम्मेवारी चालककै हो ।’

सन्तोषको बुटवल–११ बुद्धनगरमा सानो घर छ । उनका २ छोरीमध्ये जेठी छोरीको विवाह भइसकेको छ, कान्छी पढ्दैछिन् । पत्नी घरकै काम गर्छिन् । उनी अहिलेसम्म कामबाट सन्तुष्ट त छन् तर स्टेरिङ घुमाउन छाड्दाको दिन हातमुख जोर्ने कसरी होला भन्ने चिन्ताले उनलाई सधै पिरोलिरहन्छ । महामारीको बेलामा गत वर्ष उनी ६ महिना घरमा बसे । त्यो बेला उनलाई कसैले आर्थिक सहयोग गरेनन् । कमाइबाट बचत भएको केही पैसाले दिनचर्या गुजारे । फेरि कोरोनाको दोस्रो लहर शुरू भयो । वैशाखदेखि घरमै छन् । 

बस समितिले गाडी धनीलाई राहत वितरण गर्छन् । चालकलाई कसैले के छ भनेर सोधखोज गर्दैनन् । न त राज्यको तर्फबाट मजदुरलाई राहत घोषणा गरिन्छ, कोरोना महामारीले ९० प्रतिशत मजदुर र चालक पीडामा रहेको उनी बताउँछन् । ‘धेरै मजदुरलाई समिति र गाडी धेरैले एउटा नूनको ढिका समेत दिएनन्,’ गुरूङले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x