२७ जेठ २०८३, बुधबार

१० हजार १३३ मा परीक्षण गर्दा २ हजार ३२८ जनामा संक्रमण, १९ संक्रमितको मृत्यु

१० हजार १३३ मा परीक्षण गर्दा २ हजार ३२८ जनामा संक्रमण, १९ संक्रमितको मृत्यु

पछिल्लो २४ घन्टामा मुलुकभर २ हजार ३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

१० हजार १३३ पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पाइएको शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यससँगै मुलुकभर ६ लाख ८१ हजार १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यसमध्ये ६ लाख ६ हजार ६६६ जना संक्रमित उपचारपछि निको भएका छन् ।

शनिवारमात्रै ३ हजार ६६ संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । 

यस दिन १९ संक्रमितको मृत्यु भएको छ । हालसम्म मुलुकभर ९ हजार १९८ संक्रमितको मृत्यु भएको छ ।,
 

salt training

कमेन्ट गर्नुहोस्