०२ असार २०८३, मंगलबार

टिप्पर टहरोमा खस्दा च्यापिएर २ जनाको मृत्यु

असार १९, २०७८
टिप्पर टहरोमा खस्दा च्यापिएर २ जनाको मृत्यु

काठमाडौैंको कागेश्वरी मनोहरा नगरपालिका–५ मुलपानीमा शनिवार भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

सडकबाट बा५ख २५११ नम्बरको टिप्पर अनियन्त्रित भई पल्टिएर अन्दाजी ५० मिटर तलको टहरोमाथि खस्दा दुर्घटना भएको हो ।

दुर्घटना हुँदा टिप्परले च्यापिएर टहरामा बसेका २ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

मृत्यु हुनेमा नुवाकोट शिवपुरी गाउँपालिका–३ घर भएका ५३ वर्षीय साईंला तामाङ र पत्नी ५५ वर्षीया जयन्ती तामाङ रहेका छन् । टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्