०८ असार २०८३, सोमबार

हाम्रो पात्रोबाट अब रेडियो एचडीमा सुन्न सकिने

हाम्रो पात्रोबाट अब रेडियो एचडीमा सुन्न सकिने

लोकप्रिय एप ‘हाम्रो पात्रो’ मा अब रेडियो  उच्च गुणस्तरीय आवाजमा सुन्न सकिने भएको छ ।

उच्च गतिको इन्टरनेट सेवा विस्तार हुँदै गएसँगै हाम्रो पात्रोमा उपलब्ध रेडियो स्टेसनलाई एचडी (हाइडेफिनेसन) अर्थात थप स्पष्ट सुन्न सकिने व्यवस्था मिलाइएको हो ।

यसअघि ३२ केबीपीएस तथा ६४ केबीपीएसमा उपलब्ध रेडियोहरु अब एचडी अर्थात १२८ केबीपीएसमा समेत सुन्न सकिने छ ।

हाल इमेज एफएम, उज्यालो रेडियो नेटवर्क, विजया एफएम, नेपाली रेडियो नेटवर्क,  क्लासिक एफएम एचडीमा गइ सकेका छन् ।

बाँकी रेडियोलाई समेत क्रमशः एचडीमा रुपान्तरण गर्ने तयारी चलिरहेको हाम्रो पात्रोका प्रबन्ध निर्देशक सुदिना गौतमले जानकारी दिइन् ।

‘अबको केही दिनमा ५० वटा एफएम रेडियोलाई एचडीमा लैँजादैछौं,’ उनले भनिन्, ‘यसैगरी अबको दुई महिना भित्र सय वटा रेडियोलाई एचडीमा उपलब्ध गराउने हाम्रो योजना छ ।’

हाल हाम्रो पात्रोमा देशभरका करिब पाँच सय सुन्न सकिने सुविधा छ ।

हाम्रो पात्रो एप मार्फत देश-विदेशबाट नेपाली रेडियो सुन्न सकिन्छ।

 एफएम रेडियो सेट मार्फत सीमित क्षेत्रमा मात्र एफएम रेडियो सुन्न सकिने सीमिततालाई हाम्रो पात्रोले तोडेको छ। जसले गर्दा रेडियो फ्रिक्वेन्सी बिना देशभरका रेडियो विश्वभर सुन्न सम्भव भएको हो।

 सन् २०१३ मा रेडियो प्रसारणलाई आफ्नो प्लेटफर्ममा जोडेको हाम्रो पात्रोमा हाल दैनिक चार लाख श्रोताले रेडियो सुन्ने गरेको हाम्रो पात्रोले जनाएको छ ।

न्यून इन्टरनेट ब्याण्डविथ खपत गर्ने भएकाले वाईफाई तथा फिक्स लाइन इन्टरनेट नहुँदाको बखत मोबाइल डेटाबाट समेत हाम्रो पात्रोमा रेडियो सुन्न सकिन्छ।

हाम्रो पात्रोले साउथका स्ट्रिमिङ प्रविधिमार्फत देशभरका रेडियोलाई आफ्नो एपमा स्ट्रिमिङ गर्दै आएको छ।

यसका लागि सम्बन्धित रेडियोले कम्पनीलाई स्ट्रिमिङ लिङ्क उपलब्ध गराएका छन् । त्यसवापत् रेडियो स्टेसनले हाम्रो पात्रोलाई कुनै शुल्कसमेत तिर्नुपर्दैन।

salt training

कमेन्ट गर्नुहोस्