२८ जेठ २०८३, बिहीबार
प्रतिनिधि सभा विघटनमाथिको बहस

सभामुखका वकिललाई प्रधानन्यायाधीशको प्रश्न– १४६ सांसद आएको अदालतले प्रमाणीकरण गर्दा संवैधानिक हुन्छ ?

सभामुखका वकिललाई प्रधानन्यायाधीशको प्रश्न– १४६ सांसद आएको अदालतले प्रमाणीकरण गर्दा संवैधानिक हुन्छ ?

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधि सभाका १४६ सांसद सर्वोच्च अदालतमा आएको प्रमाणीकरण गर्दा संवैधानिक हुन्छ भनी सभामुख अग्नि सापकोटाका वकिलसँग प्रश्न गरेका छन् ।

आइतवार संवैधानिक इजलासमा सभामुख सापकोटाका तर्फबाट बहस गरेका अधिवक्ता मेघराज पोखरेललाई राणाले बहुमत सांसद अदालत आएको भनेर प्रमाणीकरण गर्दा राम्रो हुन्छ भनेर प्रश्न गरेका हुन् । 

जवाफमा अधिवक्ता पोखरेलले सर्वोच्चले संविधानको धारा ७६ (५)को आधार देखाइदिएर व्याख्या गर्दा पुग्ने बताए । 

प्रधानन्यायाधीश जबराले फेरि प्रश्न गरे– ‘धारा ७६ (५) अनुसार सरकार बन्न सकेन भनेर ७६ (७) मा पुगिसक्यो नि !’

जवाफमा पोखरेलले धारा ७६ (५) को व्याख्या गर्दा विकल्प फेला पर्ने दाबी गरे । त्यसपछि न्यायाधीश आनन्दमोहन भट्टराईले प्रश्न गरे– ‘सरकार पक्षबाट धारा ७६ (५) मा उपधारा २ आकर्षित हुन्छ भनेर कुरा आइरहेको छ नि !’

फेरि जबराले प्रश्न गरे ‘उपधारा २ बमोजिमको सदस्य भनेको के हो ? ७६ (५) का २ किन जोडियो ?’

पोखरेलले जवाफ फर्काए– धारा ७६ (५) सांसदहरू स्वतन्त्र हुने धारा हो ।

सभामुखका तर्फबाट बहस सकिएपछि आजै रिट निवेदकका तर्फबाट जवाफी शुरू गर्ने तयारी छ ।

जवाफी बहसमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, हरिहर दाहाल, शम्भु थापा र रमन श्रेष्ठले ३ घण्टा बहस गर्ने तयारी गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्