
फिलिपिन्सको सुलु प्रान्तमा रहेको जोलो टापुमा दुर्घटनाग्रस्त भएको सैन्य विमानमा मारिनेको संख्या १७ पुगेको रक्षामन्त्री डेल्फिल लोरेनजानाले बताएका छन् ।
दुर्घटनामा परी ४० जना घाइते भएका छन् ।
अन्यको उद्धार गरिएको छ ।
उक्त विमानमा ९२ जना सवार थिए ।
अवतरण गर्न लाग्दा विमान दुर्घटनामा परेको थियो ।