२९ जेठ २०८३, शुक्रबार

भोलिबाट माथिल्लो तामाकोशी जलविद्युत् आयोजना राष्ट्रिय प्रशारण लाइनमा जोडिने, प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै

भोलिबाट माथिल्लो तामाकोशी जलविद्युत् आयोजना राष्ट्रिय प्रशारण लाइनमा जोडिने, प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै

राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सोमबार औपचारिक रुपमा राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार भर्चुअल माध्यमबाट आयोजनाको औपचारिक उद्घाटन गर्ने तथा राष्ट्रिय प्रशारणलाइनमा जोड्ने कार्यक्रम तय भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले लोकान्तरलाई जानकारी दिए ।

उनका अनुसार, भर्चुअल कार्यक्रम दिउँसो ४ बजे हुनेछ ।

आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको ७ वर्षपछि आयोजना राष्ट्रिय प्रशारण लाइनमा जोडिन लागेको हो ।

सोमवार आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ ।

यस्तै असारभित्रै अर्को युनिट पनि सञ्चालनमा ल्याएर थप ७६ मेगावाट विद्युत् उत्पादन हुने सीईओ श्रेष्ठको भनाइ छ ।

माथिल्लो तामाकोशी पूर्ण स्वदेशी लगानीमा बनेर हालसम्म निर्माण सम्पन्न भएको आयोजना हो ।

यो आयोजना आर्थिक वर्ष २०६७/६८ मा शुरु गरेर २०७१ चैतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर लक्षित समयभन्दा ७ वर्ष पर धकेलिएर आयोजना बनेको हो ।

salt training

कमेन्ट गर्नुहोस्