१९ असार २०८३, शुक्रबार
मध्यावधि निर्वाचन

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो मध्यावधि निर्वाचन तालिका, असोज २० र २१ मा मनोनयन

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो मध्यावधि निर्वाचन तालिका, असोज २० र २१ मा मनोनयन

निर्वाचन आयोगले कात्तिक २६ र मंसिर ३ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सम्भावित कार्यक्रम आज प्रकाशित गरेको छ । 

आयोगले प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि असार ३१ देखि साउन १५ गतेसम्मको समय प्रदान गरेको छ । 

पहिलो हुने निर्वाचित हुने सांसदका लागि असोज २० र २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम तोकिएको छ ।

असार ३१ गतेदेखि निर्वाचन अवधि शुरू हुने आयोगको कार्यतालिकामा उल्लेख छ । 

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्या देवी भण्डारीले जेठ ८ गते प्रतिनिधि सभा विघटन गरी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति घोषणा गरेकी थिइन् । 

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएकाले दलहरूले चुनावको तयारी थालेका छैनन् । 

salt training

कमेन्ट गर्नुहोस्