०६ साउन २०८३, बुधबार

चुनावी तालिका– घटस्थापनाको दिन उम्मेदवारी मनोनयन !

चुनावी तालिका– घटस्थापनाको दिन उम्मेदवारी मनोनयन !

निर्वाचन आयोगले कात्तिक २६ र मंसिर ३ गतेका लागि घोषित प्रतिनिधि सभा निर्वाचन कार्यक्रम सोमवार प्रकाशित गरेको छ । 

आयोगले प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि असार ३१ देखि साउन १५ गतेसम्मको समय प्रदान गरेको छ । 

पहिलो हुने निर्वाचित हुने सांसदका लागि पहिलो चरणमा असोज २० र २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम तोकिएको छ ।

नेपाली हिन्दूहरूको महान् चाड दशैंको घटस्थापना समेत असोज २१ गते पर्छ । घटस्थापनाकै दिन उम्मेदवारी मनोनयनका लागि समय तोकिएको हो ।

यस्तै दोस्रो चरणका लागि असोज ३१ र कात्तिक १ गते उम्मेदवारी मनोनयनको दिन तोकिएको छ ।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्या देवी भण्डारीले जेठ ८ गते प्रतिनिधि सभा विघटन गरी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति घोषणा गरेकी थिइन् । 

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएकाले दलहरूले चुनावको तयारी थालेका छैनन् । 

salt training

कमेन्ट गर्नुहोस्