११ साउन २०८३, सोमबार

एआईजीको दरबन्दी थपिएसँगै प्रहरी संरचनामा हेरफेर, टुक्रियो कार्य एवं अपराध अनुसन्धान विभाग

असार २१, २०७८
एआईजीको दरबन्दी थपिएसँगै प्रहरी संरचनामा हेरफेर, टुक्रियो कार्य एवं अपराध अनुसन्धान विभाग

प्रहरीले संगठनको मुख्य मानिएका संरचना हेरफेर गरेको छ । सरकारले नयाँ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गरेसँगै प्रहरीमा नयाँ संरचना परिवर्तन भएको हो । 

कार्य एवं अपराध अनुसन्धान विभागलाई टुक्राएर कार्य विभाग र अपराध अनुसन्धान विभाग बनाउन लागेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले पुष्टि गरे ।

तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको पालामा एआईजीको दरबन्दी कटौती गरेर तीन जना मात्र हुँदा कार्य विभाग र अपराध अनुसन्धान विभागलाई एउटै बनाइएको थियो । 

अहिले फेरि नयाँ एआईजीको दरबन्दी थप भएर डीआईजी सहकुल थापा एआईजीमा बढुवा सिफारिस भएसँगै पुरानै अवस्थामा फर्किएको छ ।

अब कार्य विभाग र अपराध अनुसन्धान विभाग अर्थात् अपरेसनमा छुट्टाछुट्टै एआईजीले नेतृत्व गर्नेछन्। 

अहिले कार्य एवं अपराध अनुसन्धान विभागको प्रमुखमा एआईजी विश्वराज पोखरेलले नेतृत्व गर्दै आएका छन् । 

अहिले पोखरेल मातहत लागुऔषध नियन्त्रण ब्युरो, महिला तथा बालबालिका सेवा निर्देशनालय, इन्टरपोल, फरेन्सिक ल्याब लगायत छन् ।  

सीआईबीमा एआईजी दरबन्दी थप्ने चर्चा

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा एआईजीको दरबन्दी थप गरेर अपराध अनुसन्धानका कामहरू त्यसै मातहत राख्ने चर्चा चलेको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतलाई आधार मान्ने हो भने सीआईबी मातहत लागुऔषध नियन्त्रण ब्युरो, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ब्युरो, साइबर ब्युरोमा परिवर्तन गरेर काम गर्ने खाका तयार भएको बतायो ।

अहिले प्रहरी महानिरीक्षक (आईजीपी) मातहतमा सीआईबी, साइबर ब्युरो र विशेष ब्युरोले काम गरिरहेका छन् । 

अपराध अनुसन्धानका विषय र आन्तरिक अपराधका बारेमा अनुसन्धान र विश्लेषण गर्ने मुख्य ब्युरोहरू आईजीपी मातहतमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्