१४ असार २०८३, आइतबार

सुजताको रहस्यमय मृत्यु प्रकरण : दोषीलाई कारबाही गर्न कांग्रेसको माग

सुजताको रहस्यमय  मृत्यु प्रकरण : दोषीलाई कारबाही गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले सुजता भण्डारी मृत्यु प्रकरणका दोषीलाई अविलम्ब कानुनी कठघरामा उभ्याउन माग गरेको छ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै घटनाको गहिरो र गम्भीर अनुसन्धानमार्फत दोषीलाई अविलम्ब कानुनी कठघरामा उभ्याउन सरकारसँग माग गरेको हो । 

‘पूर्वी चितवनको राप्ती नगरपालिकाकी युवती सुजता भण्डारीको रहस्यमय ढंगले भएको मृत्युले गम्भीर आशंका जन्माएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘९ दिनसम्म उनी नभेटिनु, कसैको नियन्त्रण र अपहरणमा परेको सूचना उनले दिएपछि पनि खोज अनुसन्धानले परिणाम हासिल नगर्नु र अन्तिममा जंगलमा मृत शरीर भेटिनुले अनेक प्रश्न उब्जिएको छ ।’

देशको विभिन्न भागमा महिला उपर अनेक प्रकृतिका हिंसा र हत्याका घटना पटक–पटक भएको भन्दै कांग्रेसले यो प्रवृत्तिलाई निरुत्साहित गर्न र सामाजिक परिवर्तनका लागि गम्भीर राष्ट्रिय विमर्श गर्न जरुरी भइसकेको जनाएको छ । 

घटनाहरूको गहिरो अनुसन्धान र कारबाहीका लागि राज्य प्रशासनको गम्भीर तदारुकता पनि झनै विशेष बन्न बनाउन अत्यावश्यक भएको कांग्रेसको भनाइ छ । 

असार ११ गतेदेखि चितवनबाट हराएकी २६ वर्षीया सुजिता भण्डारीको शव फेला परेको छ । चितवनको राप्ती नगरपालिका–३ को ब्रम्हश्थानी सामुदायिक वनमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सुजता असार ११ गते बिहान ६ बजे साथीको घरमा जाने भन्दै हिँडेकी थिइन् ।

सुजताले आफ्नी दिदीलाई फोन गरेर आफूलाई ३ जनाको समूहले अपहरण गरेको बताएकी थिइन् । त्यसलगत्तै उनको परिवारले प्रहरीमा उजुरी दिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्