०३ असार २०८३, बुधबार

तामाकोशी उद्घाटनपछि ऊर्जामन्त्री पौडेलले भने- नेपालबाट दिगो रुपमै लोडसेडिङ अन्त्य भयो

तामाकोशी उद्घाटनपछि ऊर्जामन्त्री पौडेलले भने- नेपालबाट दिगो रुपमै लोडसेडिङ अन्त्य भयो

उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री विष्णु पौडेलले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न हुनु नेपालको जलविद्युत् उत्पादनको क्षेत्रमा कोशेढुंगा भएको बताएका छन् । 

तामाकोशीबाट शिक्षा लिँदै जलविद्युत् उत्पादनमा जुट्ने मन्त्री पौडेलले बताए । 

‘जलविद्युत् उत्पादनमा तामाकोशी कोशेढुंगा भएको छ, नेपाली पुँजीमा निर्मित आयोजना सम्पन्न भएपछि दिगो रुपमा लोडसेडिङ अन्त्यको काम गरेको छ,’ पौडेलले भने । मन्त्री पौडेलले जलविद्युत् विकासको क्षेत्रमा नयाँ फड्को मार्दै जाने विश्वास तामाकोशीले दिएको बताए । 

‘लामबद्ध भएका कयौं आयोजनाको विकासको प्रवर्द्धन तामकोशीबाट शिक्षा लिँदै जुट्ने छौ,’ मन्त्री पौडेलले भने । बालुवाटारमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले तामाकोशी जलविद्युत् आयोजना उद्घाटन गरेका हुन् । 

पहिलो चरणमा ७६ मेगावाट विद्युत् उत्पादन शुरू भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्