३२ असार २०८३, बिहीबार

बैंकिङ कसूरमा ४५ लाख जरिवाना भएका व्यक्ति पक्राउ

असार २१, २०७८
बैंकिङ कसूरमा ४५ लाख जरिवाना भएका व्यक्ति पक्राउ
प्रतिकात्मक तस्वीर

नेपाल प्रहरीले ४५ लाख रुपैयाँ जरिवाना ठहर भएपछि फरार रहेका १ व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले ४५ लाख रुपैयाँ जरिवाना गरेपछि फरार रहेका ललितपुर महानगरपालिका–१ कुपण्डोलका ५० वर्षीय शिशिरशम्शेर जबरालाई सोमवार पक्राउ गरेको हो । 

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विक्रम संवत् २०७७ माघ २६ गतेको फैसलापछि १० दिन कैद र बिगो बमोजिम ४५ लाख रुपैयाँ जरिवानापछि फरार रहेका जबरालाई सोमवार काठमाडौंको बिजुली बजारबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका उनले आफ्नो नविल बैंकको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले उनलाई बंैकिङ कसूर तथा सजाया ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । 

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि सोमवार ललितपुर जिल्ला अदालतमा पेश गरिएको  प्रवक्ता महतोले बताए ।

salt training

कमेन्ट गर्नुहोस्