
सुनसरी, बराहक्षेत्र नगरपालिका-८, शुक्रबारेबाट करिब १५० किलो अवैध लागुऔषध गाँजा र एक थान नक्कली पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार शुक्रबारेकै २२ वर्षीय भूपेन राय र सुनसरी रामधुनी नगरपालिका-७ बस्ने २५ वर्षीय अमिर लिम्बुलाई सोमबार राति पक्राउ गरिएको हो ।
चतराबाट कोशी बाँध हुँदै सवारीसाधनमा गाँजा लैजाँदै गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले को २ च ११२ नम्बरको भ्यान र को २ प ३५०२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
भ्यान चालक र मोटरसाइकलमा सवार एक जना फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ ।