२९ असार २०८३, सोमबार

बुटवलमा कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

बुटवलमा कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु
प्रतिकात्मक तस्वीर

बुटवल उपमहानगरपालिका–१८ का वडाध्यक्ष हुमनाथ आचार्यको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

७२ वर्षीय वडाध्यक्ष आचार्यको काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिइन् । 

कोरोना संक्रमण देखा परेपछि बुटवलको कोरोना विशेष अस्पतालमा उपचार भएको र पछि परिवारले थप उपचारका लागि काठमाडौं लगेको आचार्यले बताइन् । 

वडाध्यक्ष आचार्यको उमेरको अवस्थालाई मध्यनजर गर्दै परिवारले ७–८ दिनअघि थप उपचारका लागि काठमाडौं लगेका थिए ।

आइतवारबाट उनको स्वास्थ्य अवस्था सुधार आएको बताइए पनि मंगलवार निधन भएको हो । वडाध्यक्ष शर्माले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका थिए । उनी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । 

salt training

कमेन्ट गर्नुहोस्