०३ असार २०८३, बुधबार

कोरोना खोप लगाउँदा मधुमेहका बिरामीलाई नराम्रो असर, डाक्टर चिन्तित

असार २२, २०७८
कोरोना खोप लगाउँदा मधुमेहका बिरामीलाई नराम्रो असर, डाक्टर चिन्तित

कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाउँदा मधुमेह (चिनी रोग) बिरामीलाई नराम्रो असर देखिएको छ ।

कोरोना खोप लगाउँदा सामान्य असर अधिकांशमा देखिएपछि मधुमेहका बिरामीको रगतमा चिनीको मात्रा अचानक बढेको पाइएको छ ।

भारतको नयाँदिल्लीस्थित डायबिटिज अस्पतालले दिएको जानकारी अनुसार खोप लगाएपछि ७–८ जना मधुमेहका बिरामी अस्पताल आएका र रगतमा चिनीको मात्रा बढेको पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

खोप लगाएपछि ५८ वर्षीया एक महिला अस्पतालको सम्पर्कमा आएकी जनाउँदै अस्पतालका अध्यक्ष डा. अनुप मिश्राले भने, ‘खोप लगाउनुअघि ती महिलाको रगतमा ग्लुकोज लेभल औषधि र खानाका कारण नियन्त्रणमा थियो तर खोप लगाएपछि १ महिनासम्म बढेको पाइएको छ । महिलामा औषधिको मात्रा बढाइएको छ ।’

एक अर्का ६४ वर्षीय पुरुषले कोभिशिल्ड खोप लगाएपछि रक्तचाप १३०/८० मीमीबाट बढेर १६०/९० मीमीमा पुगेको समाचारमा उल्लेख छ ।

कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी मानिएको खोप लगाएपछि मधुमेहका बिरामीमा देखिएको असरले डाक्टरहरू चिन्तित बनेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्